काठमाडौँ – आइतबार पनि साँझ ६ बजेपछि नारायणघाट–मुग्लिन सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ।
जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेर चितवन आउने र यहाँबाट बाहिर जाने सवारी साधनहरूलाई साँझ ६ बजेभित्र आई–गईसक्न आग्रह गरेको हो।
असोज १८ देखि २० गतेसम्मको मौसम पूर्वानुमानलाई ध्यानमा राखेर रातिको समयमा चितवनमा पर्ने राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
चितवन र आसपासका क्षेत्रमा गएरातिदेखि पानी परेको छैन। सडकमा रोकिएका सवारी साधनहरुलाई प्रशासनले आइतबार दिउँसोदेखि नै गन्तव्यतर्फ पठाइरहेको छ। साँझ ६ बजेपछि काठमाडौं, पोखरातर्फ जान आउने गाडीहरुलाई तोकिएका होल्डिङ स्पेसमा राखिने उनले बताए।




























































