काठमाडौं – भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको छ।


ADVERTISEMENT


कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली बुक क्लोज गर्दैछ त्यही लाभांश (बोनस शेयर) बापत कम्पनीको शेयरमूल्य समायोजन गर्ने भएको हो।


ADVERTISEMENT

# # #


समायोजनपछि कम्पनीको शेयरमूल्य ८२५.३५ रुपैयाँ कायम भएको छ। नेप्सेको दशैं अघिको अन्तिम कारोबार मूल्यलाई आधार मानेर कम्पनीको शेयरमूल्य समायोजन भएको हो।

भोलि कम्पनीको समायोजित मूल्यलाई आधार मानेर शेयर कारोबारमा आउनेछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्दैछ।