काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का विशेष महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्धारित मितिमै निर्वाचन हुनुपर्न बताएका छन् । सोमबार पार्टी सचिवालयको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
पार्टीका पूर्वअध्यक्ष समेत रहेका प्रचण्डले आफ्नो पार्टी निर्वाचनमा सक्रियताका साथ सहभागी हुने बताए । ‘हाम्रो धारणा घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने छ । उनले भने, ‘हाम्रो पार्टी सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ र अगाडि बढ्छ ।’
साथै उनले अन्य राजनीतिक दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउन कुराकानी भइराखेको बताए । अन्य राजनीतिक दलसँगको कुराकानीको परिणाम केही समयमा देखिने उनले बताए ।



























































