काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक सानेपामा जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन्। बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित छन्।
सभापति देउवा २६ असोजको केन्द्रीय समिति बैठक सुरू गर्न भने केन्द्रीय कार्यालय सानेपा पुग्ने नेताहरूले बताएका छन्। भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेस सत्ताबाट बाहिरिएको थियो।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले भदौ २४ गते निवास बूढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आक्रमण र घरमा आगजनी गरेका थिए।



























































