काठमाडौं- ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गरिएको छ ।
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनको आयोजनामा बिहीबार काठमाडौंको कमलादीबाट टुँडिखेलसम्म श्री जगन्नाथ रथयात्रा आयोजना गरिएको हो ।
रथयात्रा महोत्सवका क्रममा भक्तजनहरु भगवान् नामको कीर्तन गरेर भगवान्को आराधना गरी हर्षोल्लासपूर्ण विधिले उत्सव मनाउने गरिन्छ ।
श्रीजगन्नाथ रथयात्राको मूल आकर्षण भगवान् श्रीजगन्नाथ, बलराम र सुभद्रालाई विशेष रूपमा सजाइएको भव्य रथमा विराजमान गराई नगर परिक्रमा गराउने ऐतिहासिक तथा धार्मिक परम्परा छ ।



























































