काठमाडौँ – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका जना अधिकृत प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ्गले आज दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।


ADVERTISEMENT


नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । दर्ज्यानी चिह्न प्राप्त गर्नुहुनेमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन् । नेपाल मन्त्रिपरिषद्को बिहीबारको बैठकबाट उनीहरूलाई बढुवा र पदस्थापनको निर्णय भएको थियो ।


ADVERTISEMENT

# # #


प्रहरी महानिरीक्षक खापुङ्गले विगतमा भएका कमी कमजोरीको विश्लेषण गरी अझ परिष्कृत र नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

May be an image of one or more people and text
May be an image of one or more people and textMay be an image of one or more people and textMay be an image of one or more people and text