सुनसरी – चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत सुनसरीका विभिन्न स्थानमा प्रहरीद्वारा सञ्चालन गरिएको चेकजाँचका क्रममा भन्सार छली गरी नेपाल भित्र्याइएका अवैध सामग्री बरामद गरिएको छ।


ADVERTISEMENT


प्रहरीका अनुसार सुनसरीको गढी गाउँपालिका–२ स्थितबाट को.१ ह ८१७० नम्बरको ओटो टेम्पो मार्फत भन्सार छली गरी ल्याइँदै गरेका करीब ५ लाख रुपैयाँ मूल्य बराबरका ५ सय थान कुर्ता–सुरुवाल बरामद गरिएको हो।


ADVERTISEMENT

# # #


यस्तै, देवानगंज गाउँपालिका–४ स्थितबाट पनि करिब ४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका ९ सय थान कुर्ता–सुरुवाल बरामद गरिएको छ।

त्यसैगरी, कोशी गाउँपालिका–७ स्थितबाट करिब ६३ हजार २ सय ८० रुपैयाँ बराबरको खाद्यान्न सामग्री समेत बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।

बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रियासहित सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जानकारी दिएको छ। चाडपर्वका बेला भन्सार छली र अवैध कारोबार बढ्न सक्ने भन्दै प्रहरीले चेकजाँच अझै कडा बनाइएको जनाएको छ।