काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले युएईविरुद्ध सनसनीपूर्ण जित हात पारेको छ । हार व्यहोरेको छ । आइतबार भएको खेलमा नेपालले युएईलाई १ रनले हराएको हो ।


ADVERTISEMENT


ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा कुवेतले टस जितेपछि नेपालले महत्वपूर्ण खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्रै बनाउन सकेको हो ।


ADVERTISEMENT

# # #


युएईका लागि अलिसन सफारुले सर्वाधिक ५८ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले ४० बलमा ३ चौका ५ छक्का ठोके । यस्तै जोनाथन फिगीले १९ रन जोडे । यस्तै ध्रुव परासरले १८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३२ रन रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २२ रन खर्चिए । यस्तै सन्दीप लामिछाने, सोमपाल कार्मी र गुल्शन झाले समान १–१ विकेट लिए । ४ वटा विकेट नेपालले रनआउटका रुपमा पायो ।

त्यो अन्तिम ओभर…

अन्तिम ओभरमा युएईलाई जितका लागि १० रन चाहिएको थियो, बलिङमा थिए दीपेन्द्रसिंह ऐरी । पहिलो ओभरमा युएइले १ रन ल्यायो, दोस्रो बल डट खेल्दा तेस्रो बलमा ध्रुव परासरले छक्का प्रहार गरे । चौथो बलमा दीपेन्द्रको बलमा उनी सन्दीप जोराबाट क्याच आउट भए । यस्तै पाँचौँ बलमा नेपालले हैदर अलीलाई शून्य रनमा आउट पार्यो ।

अब युएईलाई जितका लागि अन्तिम बलमा ३ रन चाहिएको थियो भने स्कोर बराबरी गर्नलाई २ रन चाहिएको थियो । अन्तिम बलमा स्ट्राइकमा रहेका जुनैद सिद्धिक २ रनका लागि दौडिए । कप्तान रोहितले बल विकेटकिपर आशिफ शेखलाई फाले र सिद्धिक रनआउट भए ।

नेपालको ब्याटिङ

यसअघि नेपालका लागि आशिफ शेखले सर्वाधिक ५१ रन बनाए । त्यसक्रममा ४५ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

यस्तै कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्काको मदतमा २८ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेलले १९ बलमा १ चौका हान्दै २० रन बनाएर आउट भए । यस्तै गुल्शन झाले ५ बलमा २ चौका र १ छक्कासहित १४ रन बनाए भने कुशल मल्लले १० रन जोडे । अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ युएईका हर्षित कौशिक, ध्रुव परसर, हैदर अली, जाहिद अली र मुहम्मद रोहिदले समान १–१ विकेट लिए । यससँगै नेपालले सुपर सिक्समा २ जितसहित ४ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ ।

युएईविरुद्ध जित निकालेसँगै नेपालको विश्वकपमा पुग्ने सम्भावना अझ प्रबल बनेको छ । नेपालले भोलि कतारसँग खेल्नेछ ।