काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको सुपर सिक्समा कतारविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा कुवेतले टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो । खेल नेपाली समय अनुसार राती ८ः४५ बजे देखि सुरु हुँनेछ । नेपालले यसअघिकै टोलीलाई निरन्तरता दिएको छ ।


ADVERTISEMENT

# # #


कुवेतविरुद्ध नेपालको प्लेइङ–११
कुशल भुर्तेल, आशिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान) सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव र ललित नाराण राजवंशी ।

सुपर सिक्सको पहिलो खेलमा हिजो युएईलाई १ रनले हराएको नेपाल आज कतारमाथि जित निकाल्दै विश्वकपमा छनोट हुने सम्भावनालाई थप बलियो बनाउने दाउमा रहेको छ ।