काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको सुपर सिक्समा कतारलाई नेपालले १४८ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा कुवेतले टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि कप्तान रोहित पौडेलले ४२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दैै सर्वाधिक ५८ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन जोडे । यस्तै गुल्शन झाले ८ बलमा २ छक्का ठोक्दै १६, सोमपाल कामीले ९ बलमा १ छक्काको मदतमा १४ तथा आशिफ शेखले ११ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ कतारका कप्तान मिराम मोहम्मद बेइग र डेनियल आचर्तरले समान ३–३ विकेट चट्काए । यस्तै मोहम्मद असिम र अवाइस अहमदले समान १–१ विकेट लिए । कतारले जवाफी ब्याटिङ गर्दैछ ।

सुपर सिक्सको पहिलो खेलमा हिजो युएईलाई १ रनले हराएको नेपाल आज कतारमाथि जित निकाल्दै विश्वकपमा छनोट हुने सम्भावनालाई थप बलियो बनाउने दाउमा रहेको छ ।