काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशलाई भ्रस्टाचार मुक्त, सुशासनयुक्त बनाउन प्रभावकारी रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मंगलबार ललितपुरको जावलाखेलमा बागमती प्रदेश सुशासन केन्द्रका कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा मुख्यमन्त्री बानियाँले उक्त निर्देशन दिएका हुन् । प्रदेश सरकारले प्रदेशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न विभिन्न कठोर कदम चालिरहेकाले सोही गति र भावना अनुसार काम गर्न मुख्यमन्त्री बानियाँले निर्देशन दिएका हुन् ।
प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपालकृष्ण न्यौपानेको अध्यक्षतामा मंगलबार उक्त कार्यक्रम राखिएको थियो ।





























































