काठमाडौं– नेपाली खेलकुदमा मीनकृष्ण महर्जनको नाम उच्चारण गर्दा उत्कृष्ट खेलाडी, कुशल अन्तर्राष्ट्रिय प्रशिक्षक र चर्चित खेलकुदमन्त्री रुपमा अग्रपंतिमा आउँछ ।


ADVERTISEMENT


महर्जनले खेलाडी, प्रशिक्षक र खेलकुदमन्त्री हुदा समग्र नेपाली खेलकुदको विकास र विस्तारको लागि निर्वाह गरेको अतुलनिय भूमिकाले पनि यसलाई प्रमाणित गर्छ।


ADVERTISEMENT

# # #


वि.स.२०६६ सालमा राष्ट्रिय खेलकुद परिषद (राखेप) को कोषाध्यक्ष हुँदा महर्जनले खेलकुदको विकास र खेलाडीको अधिकारको लागि लड्दै खेलकुदमा अमिट छाप छोड्न सफल भएका थिए । तत्कालिन समयमा राखेपको सिमित बजेटमा समेत महर्जनले बडो कुशलतापूर्वक एशियाली खेलकुदको तयारीको लागि खेलाडीहरुको प्रशिक्षणको विशेष व्यवस्था गरेर चर्चामा आएका थिए।

यस्तै, महर्जनले राखेपको निमित्त सदस्यसचिवको जिम्मेवारी पाउँदा खेलकुदका कर्मचारीहरुको हक हित र अधिकारका लागि लडेको लडाइ र गरेको प्रयास अहिले पनि सम्झनायोग्य बनेको छ । महर्जनले लामो समयदेखि राजनीतिक पूर्वाग्रहको जाँतोमा पिसिएका राखेपका ४३ जना कर्मचारीलाई काज सरुवा गरेर आफुलाई उदाहरणीय व्यक्तिको रुपमा प्रस्तुत गर्न सफल भएका थिए । तत्कालिन समयमा महर्जनले निमित्त सदस्यसचिवको जिम्मेवारी पाएको २ घण्टामा विशिष्ट र अन्य कर्मचारीको काज सरुवा गरेका थिए।

खेलकुद र राजनीतिलाई एक रथको दुई पाङ्ग्रा मान्ने महर्जनले बागमती प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्ति भएको १ महिनामै खेलकुदको विकास र खेलाडीको सम्मानको लागि गरेको कार्यक्रम अहिले अविष्मरणिय बनेको छ ।

खेलकुद र खेलाडीको नाडी निकै नजिकबाट छामेका महर्जनले मन्त्री नियुक्ति भएको १ महिनामै पारा ओलम्पिक खेलमा कास्य पदक विजेता पलेशा गोबर्धन र एशियाडकी रजत पदक विजेता एरिका गुरुङलाई बागमती प्रदेशको राजधानी हेटौंडामा वृहत र्याली निकाल्दै सम्मान गरेका थिए । सो अवसरमा पलेशालाई १० र एरिकालाई ५ लाख नगदसहित सम्मान गरेर महर्जनले आफू खेलप्रेमी मन्त्री भएको पनि सावित गरेका थिए।