काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले बढेर रेकर्ड बनाएको छ । बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिदबिक्री भएको थियो । सो मूल्य नै हालसम्मको उच्च हो ।