काठमाडौं – नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रा. लि. बीच घरायसी पर्यावरणमैत्री वस्तु खरिदमा छुट उपलब्ध गराउने सहकार्य सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौताअनुसार नेपाल बैंक लिमिटेडका कर्मचारी र बैंकमा खाता भएका ग्राहकहरूले लिफ प्लस प्रा. लि.द्वारा उत्पादन तथा बिक्री गरिएका सुपारीको पातबाट बनेका प्राकृतिक घरायसी सामानहरू जस्तै प्लेट, कचौरा, थाल, चम्चा लगायतका वस्तुहरू खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।


ADVERTISEMENT

# # #


उक्त सम्झौता यही असोज २७ गते नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका हुन्।

सम्झौताबाट बैंकका ग्राहक र कर्मचारीहरूले स्वदेशमै निर्मित पर्यावरणमैत्री उत्पादनलाई प्रोत्साहन गर्दै सजिलै र छुटसहित खरिद गर्न सक्ने अवसर पाउने भएका छन्।

ग्राहकहरूले लिफ प्लसको वेबसाइट (www.leafplusnepal.com)  वा सम्पर्क नम्बर ९८०१८७०२०८ / ९८०२३४४१७८ मार्फत सामान खरिद गरी नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत रकम भुक्तानी गरेमा बिल रकममा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।