काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल सुरु गरेकी छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्कीले विभिन्न राजनीतिक दलका नेताहरुलाई बोलाएर पछिल्ला राजनीतिक विषयमा छलफल सुरु गरेकी हुन् ।


ADVERTISEMENT


बैठकमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताहरु सहभागी रहेका छन् । सरकारले निर्वाचनको मिति घोषणा गरेको तर दलहरुसँग संवाद नगरेको भन्ने प्रश्न उठिरहेका बेला प्रधानमन्त्री कार्कीले दलहरुलाई पहिलो पटक औपचारिक छलफलमा बोलाएकी हुन् ।


ADVERTISEMENT

# # #


छलफलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेककपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव (प्रवक्ता) प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी रहेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णीम वाग्ले र सोबिता गौतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहितका अन्य पार्टीका नेताहरु सहभागी रहेका छन् ।

यसअघि सरकार र दलहरुबीच राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा छलफल भने भएको थियो ।