काठमाडौँ – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराजबिच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टल मार्फत सामान खरीद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
दराज ११:११ को अवसरमा दराजमाबाट सामान किन्दा बैँकका कार्डमार्फत भुक्तानी गर्नेलाई छसट प्रदान गर्ने गरी सहमति भएको हो । उक्त सम्झौता पत्रमा बैकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड÷डिजिटल पेमेन्ट तथा फाईनान्स सर्भिसेस रिशव थापाले हस्ताक्षर गरेका छन् ।
बैंकले निरन्तर नविनतामा जोड दिंदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउनको लागी आफ्ना ग्राहकलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसंगको साझेदारीलाई निरन्तरता दिएको छ । नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराज मार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु १,५०० सम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु २,००० सम्मको छुट प्राप्त गर्न ससक्नेछन् । उक्त छुट भोलि अर्थात् कार्तिक २५ (२०२५ नोभेम्बर ११) गते देखि २०८२ साल मंसिर ६ (२०२५ नोभेम्बर २२) सम्म लागू हुने छ ।
उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले उक्त कार्डमा बैंकको कुनै पनि शाखा मार्फत इ–कमर्स सक्रिय गर्नु पर्नेछ । बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न र क्रिेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।



























































