काठमाडौं- नेपालमा पहिलो पटक पूर्णतया इलेक्ट्रिक ह्वील लोडर सार्वजनिक गरिएको छ। पञ्चकन्या ग्रुप अन्तर्गतको लगानीमा सञ्चालित एक्सप्लोर अर्थ मुभर्सले आफ्नो प्रधान कार्यालय, ललितपुर महानगरपालिका–३ कृष्णगल्लीस्थित परिसरमा विशेष कार्यक्रममार्फत नयाँ मोडलको कमिन इलेक्ट्रिक ह्वील लोडर सार्वजनिक गरेको हो।


ADVERTISEMENT


विगत लामो समयदेखि निर्माण क्षेत्रमा अत्याधुनिक मेसिनरी उपकरणहरूको बिक्री वितरण गर्दै आएको उक्त कम्पनीले नयाँ ह्वील लोडरलाई नेपालकै पहिलो वातावरणमैत्री इलेक्ट्रिक निर्माण उपकरणका रूपमा प्रस्तुत गरेको छ।


ADVERTISEMENT

# # #


कम्पनीका अनुसार, नयाँ कमिन इलेक्ट्रिक ह्वील लोडर ले शून्य उत्सर्जन (Zero Emission) प्रविधि प्रयोग गर्छ, जसले वातावरणमा न्यूनतम हानि पुर्‍याउँछ र नेपाल सरकारको विद्युत् सवारीसाधन प्राथमिकतामा योगदान पुर्‍याउनेछ।

कम्पनीले बताएको अनुसार, यो लोडरले अत्याधुनिक इलेक्ट्रिक ड्राइभ प्रणाली र स्मार्ट एनर्जी म्यानेजमेन्ट सिस्टम प्रयोग गर्ने भएकाले ऊर्जा खपत कम हुन्छ, मर्मत खर्च घट्छ र सञ्चालन खर्च पनि न्यून रहन्छ।

यो लोडर विशेषगरी सहरभित्रका निर्माण कार्य, औद्योगिक स्थल र वातावरणीय संवेदनशील क्षेत्रमा प्रयोगका लागि उपयुक्त मानिएको छ।

लोडरका मुख्य विशेषताहरू:

शून्य उत्सर्जन: सफा हावा र न्यून कार्बन फुटप्रिन्टमा योगदान।

उत्कृष्ट ऊर्जा दक्षता: अत्याधुनिक ब्याट्री प्रविधिले एक पटकको चार्जमा लामो समय सञ्चालन।

मजबूत प्रदर्शन: परम्परागत डिजेल लोडरभन्दा शक्तिशाली र विश्वसनीय।

कम मर्मत खर्च: सरल इलेक्ट्रिक प्रणालीका कारण सञ्चालन खर्च न्यून।

प्राविधिक विवरण:

ब्याट्री शक्ति: 180.5 KWh (लिथियम आयरन फस्फेट – LFP ब्याट्री)

मोटर शक्ति: नियमित 60 KW, अधिकतम 90 KW

बकेट क्षमता: 1.5 – 3.0 m³ (स्ट्यान्डर्ड 2.1 m³)

यो नयाँ इलेक्ट्रिक ह्वील लोडर अहिले एक्सप्लोर अर्थ मुभर्स प्रा. लि., बाल्खु, काठमाडौंमा प्रदर्शनका लागि उपलब्ध रहेको छ। कम्पनीले इच्छुक ग्राहक र साझेदारहरूलाई नयाँ प्रविधिको प्रत्यक्ष अनुभव लिन आमन्त्रण गरेको छ।