काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मितिमा बहस जारी छ ।


ADVERTISEMENT


बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुले आफ्नो राय राखेको कांग्रेस नेता मोहन बहादुर बस्नेतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकमा जेनजी आन्दोलनपछिको परिस्थिति, निर्वाचनको विषयका साथै नियमित वा विशेष महाधिवेशन भन्ने विषयमा छलफल भएको उनले बताए ।

उनले कांग्रेस लोकतान्त्रिक दल भएकाले सबै विषयमा सदस्यहरुले खुलस्त रुपमा चासो राखेको भन्दै देशको प्राथमिकताका आधारमा पार्टीले एकमत भएर निर्णय गर्ने जानकारी दिए ।

असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५ औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ ।