काठमाडौँ – बाराको सिनराको स्थिति तनावग्रस्त बनेको छ । जेन–जी प्रदर्शनकारीहरु तोडफोड र आगजनीमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास तथा हवाई फायर गरेको छ ।
बिहीबार दिउँसो प्रदर्शनको क्रममा एक ब्ल्यांक राउन्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।उनका अनुसार एक राउन्ड अश्रुग्यास सेल पनि प्रहार भएको छ।
इलाका प्रहरी कार्यालय सिमरामा जेनजी समूहमाथि कुटपिट गरेको आरोपमा सात जनाविरूद्ध जाहेरी परेको छ। त्यसमध्ये दुई जना वडाध्यक्ष पक्राउ परेका छन्।
मुक्का प्रहार गर्नेलाई व्यक्तिलाई पक्राउ गर्नुपर्ने माग राखेको छ। यसअघि बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत लगायत बारामा आउने जानरी पाएपछि जेन–जीहरु विरोध गर्दै सिमरा एयरपोर्टसम्म पुगेका थिए ।
जहाँ एमालेका कार्यकर्तासँग विवाद र झडप भएपछि सिमरामा हिजो स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो भने सिमरा एयरपोर्ट नै बन्द गर्नुपरेको थियो । जसकारण एमालेका नेता समेत सिमरा जान पाएका थिएनन् ।



























































