काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको हो । चितवनका लागि रवि भोपाराले सर्वाधिक ६६ रन बनाए । सोक्रममा उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै कप्तान कुशल मल्लले १८ बलमा १ छक्कासहित २१, सेफ जैवले ७ बलमा २ चौका र ५ छक्कासहित १५ रन बनाए भने देव खनालले १४ तथा दीपक बोहोराले १० रन जोडे ।

बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलमेनले सर्वाधिक ३ विकेट लिए । सोक्रममा उनले ४ ओभरमा २३ रन खर्चिए । यस्तै अविशेष गौतम र गुलबादिन नैवले समान २–२ विकेट लिए । लुम्बिनीले जवाफी ब्याटिङ गर्दैछ ।