काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस होरेर सुदूरपश्चिमलाई ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनाएको हो । उसका लागि उच्च स्कोर बनाउने क्रममा जोस ब्राउनले सर्वाधिक ६८ रन बनाए । त्यसक्रममा उनले ३५ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै विनोद भण्डारीले ४२ बलमा ६ चौकाको मदतमा ४३ तथा क्रिस लिनले १३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३१ रन हाने । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी १५ रनमा आउट हुँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ पोखराका जिम्मी निश्शम, आकाश चन्द र डेन डाउथह्वाइटले समान २–२ विकेट लिए ।

सुदूरपश्चिमले जवाफी ब्याटिङ गदैछ ।