काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि १०० रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकले बिहीबार एक सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो । चलनचल्तीमा आएको नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहको छ ।


ADVERTISEMENT

# # #


अशोक स्तम्भसँगै दृष्टिविहीनहरुलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला र बाँयातर्फ अण्डकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको बैंकले जनाएको छ ।

बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार नोटको आकार, कागज र आधारभूत रंग भने पहिलेकै रहनेछन्। संकेत नम्बर क२० ०००००१ देखि घ४० ९९९९९९ सम्मका नोट सार्वजनिक गरिँदै छन्, जसमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्य राखिएको छ।