काठमाडौं– श्री उत्तर पश्चिम पृतना मुख्यालय, सुर्खेतमा मंसिर ८ गतेदेखि सञ्चालन भएको “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ।


ADVERTISEMENT


समापन समारोहमा उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी दिपेश जंग शाहले अभिमुखीकरण पूरा गरेका २४ जना सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।


ADVERTISEMENT

# # #


सोही अवसरमा पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गत विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्दै आएका नौ वटा एफएम रेडियो स्टेशनलाई जनसम्पर्क तथा सूचना निर्देशक मार्फत नगद प्रोत्साहन राशिसहित कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई नेपाली सेनासम्बन्धी विविध विषयका जानकारी, विपद् प्रतिकार्यका अभ्यास, समसामयिक विषयमा अन्तरक्रिया तथा स्थलगत अध्ययन भ्रमण गराइएको थियो।

यस किसिमका अभिमुखीकरण कार्यक्रमले देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीलाई नेपाली सेना–सम्बन्धी समाचार सङ्कलन र सम्प्रेषणमा थप सहजता र स्पष्टता आउने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।