काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा महत्वपूर्ण खेलमा आज जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर पहिले ब्याटिङको गर्ने निर्णय गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएको हो ।


ADVERTISEMENT

# # #


जनकपुरका लागि संगीत कूरेले सर्वाधिक ४५ रन बनाए । नटआउट रहेका उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । यस्तै मयन यादवले २३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाएर नटआउट रहे । यसअघि ओपनर आशिफ शेख २०, सञ्जय कृष्णमूर्ति १४ तथा शुभ कंशाकार ११ रनमा आउट हुँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

जनकपुरलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान २–२ विकेट लिए भने रुबेन ट्रम्पलमेन र जेजे स्मिथले समान १–१ विकेट हात पारे । लुम्बिनीले जवाफी ब्याटिङ गर्दैछ ।

६ खेलमा ३ जितसहित खेलबाट ६ अङ्कका साथ अंक तालिकाको चौथो स्थानमा रहेको लुम्बिनीले प्लेअफ पुग्न आजको जित अनिवार्य छ । उसले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर प्लेअफको प्रतिस्पर्धाबाट बाहिरिनेछन् ।

यता जनकपुरले जितेमा भने प्ले अफमा पुग्ने चौथो टोलीको टुंगा लाग्ने अझै कुर्नुपर्नेछ । जनकपुरले हालसम्म ५ खेलबाट १ जित र ४ हारसहिट २ अङ्कका साथ अंक तालिकाको पुछारमा रहेको छ । यस हिसाबले आजको खेल दुबै टोलीका लागि ‘गर या मर’को अवस्थामा रहेको छ ।