काठमाडौं– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनियताको सपथ लिएका छन् ।


ADVERTISEMENT


आइतबार जनकपुरमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । त्यस्तै मुख्यमन्त्री यादवले आइतबार नै सानो आकारको मन्त्रीपरिषद् गठन गरिएको छ ।


ADVERTISEMENT

# # #


जनमत पार्टीबाट मन्त्री बन्नुभएका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई विना विभागीय मन्त्री बनाइएको छ । नवनियुक्त तीनै जना मन्त्रीहरुले पनि आइतबार नै शपथ ग्रहण समेत गरेका छन् । नवनियुक्त मुख्यमन्त्री यादवले यही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरिएको छ ।