काठमाडौं– कारोबार हुने साताको तेस्रो दिन मंगलबार, नेपाली बजारमा सुनको घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात सोमबार, यस्तो सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी तोलाको तीन हजार ६०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।



























































