काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।


ADVERTISEMENT


एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बुधबार नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


संकलित रकम बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका कार्यमा उपयोग हुने विश्वास संघले व्यक्त गरेको छ ।

सहयोग रकम एमपीआईएका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउँदै सहयोग तथा सद्भाव देखाउने सदस्य संस्थाहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।