काठमाडौँ – भन्सारसम्बन्धी संशोधित कानुनप्रति आपत्ति जनाउदै भन्सार एजेन्टहरु आन्दोलित भएका छन् ।


ADVERTISEMENT


सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका छन् । सो आन्दोलनको कारण विराटनगर भन्सार कार्यालयको सम्पूर्ण राजस्व संकलन कार्य पूर्ण रूपमा ठप्प भएको छ । मंगलबार एउटा पनि प्रज्ञापनपत्र दाखिला नहुँदा राजस्व संकलन शून्य भएको कार्यालयका प्रवक्ता भन्सार अधिकृत विमल साहले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार आयात भएका सामानहरू अर्को दिन दाखिला भएमा राजस्व उठ्ने भएकाले दीर्घकालीन घाटा भने नहुने बताए । उद्योगी व्यवसायी तथा भन्सार एजेण्टलाई ५० प्रतिशतदेखि १० हजार रुपैयाँसम्म जरिवाना तोकिएको संशोधनप्रति असन्तुष्टि जनाउँदै आफूहरूले पुनःसंशोधनको माग राखेको विराटनगर भंसार एजेण्ट संघका अध्यक्ष देवकीनन्दन शर्माले बताए ।

विराटनगर भन्सार कार्यालयमा दैनिक करिब ४ सय प्रज्ञापनपत्रमार्फत ३ सय गाडी जाँचपास हुने गर्दछ । भन्सार एजेण्टहरूले सरकारले कानुनमा पुनःसंशोधन नगरे थप चरणबद्ध आन्दोलनका कार्यक्रम ल्याइने चेतावनी दिएका छन् । सरकारले गरेको भन्सार ऐन संशोधन ९१ दिनपछि मंसिर २० गतेदेखि कार्यान्वयन भएको हो ।