काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर्स–२ मा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर लुम्बिनीलाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको हो । खेल नेपाली समय अनुसार ४ः०० बजे सुरु हुनेछ ।
लुम्बिनीले हिजो भएको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराउँदै क्वालिफायर्स–२ मा पुगेको हो । यता पािलहे क्वालिफायर्समा सुदूरपश्चिम रोयल्ससँग हार्दै फाइनल पुग्ने मौका गुमाएको विराटनगर फाइनल पुग्न पुनः एउटा मौका पाएको हो ।
आज जित्ने टोली उपाधिका लागि फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध भिड्नेछ । एनपीएलको फाइनल शनिबार हुनेछ ।



























































