काठमाडौँ – आगामी निर्वाचनका लागि उम्मेदवारका रुपमा नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवालाई डडेल्धुराबाट एकल रुपमा गरेको छ ।


ADVERTISEMENT


फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस डडेल्धुराले सभापति देउवालाई प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हो । डडेल्धुराबाट कहिल्यै नहारेका देउवा लगातार आठौँ पटक संसदीय निर्वाचन जितेर राजनीतिबाट अवकाश लिने दाउमा रहेका छन् ।


ADVERTISEMENT

# # #


उनले आफू अन्तिम पटक निर्वाचन लड्न लागेको यसअघि नै बताइसकेका छन् । यसअघि युवा स्वतन्त्र उम्मेदवार सागर ढकालले सम्मानजनक भोट पाएको र परिस्थिति बद्लिएकाले यसपटक देउवालाई अप्ठ्यारो पर्ने अनुमान गरिएको छ ।

गत भदौ २३ गते भएको जेन–जी आन्दोलनमा कुटपिट गरिएका देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

उनकै हस्तक्षेपमा काँग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा हुँदैछ । निर्वाचन अघि नै काँग्रेसले नयाँ नेतृत्व पाउने भएकाले देउवा पूर्वसभापतिको रुपमा निर्वाचनको प्रतिस्पर्धामा उत्रिनेछन् ।

देउवा २०४८ सालदेखिका चुनावमा डडेल्धुराबाट जित्दै आएका छन्।