काठमाडौं– शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा १०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १०० निर्धारण भएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै, आज चाँदी प्रतितोला ३ हजार ९०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बिहीबार चाँदी प्रतितोला ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।