काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी ११ औं महाधिवेशनमा आफू उपमहासचिव नभए सचिव पदमा उठ्ने तयारीमा रहेको बताए । सचिव पदमै मेरो उम्मेदवारी रहनेछ,’ उनले भने, ‘स्थायी कमिटीबाट सचिव पदमा जानु स्वभाविक प्रक्रिया पनि हुन्छ।’


ADVERTISEMENT


बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी पदाधिकारीमा क्रमैसँग अघि बढ्दै आएको अनुभवका आधारमा सचिव पद स्वाभाविक दाबी भएको उल्लेख गरे।


ADVERTISEMENT

# # #


उनका अनुसार १० औं महाधिवेशनमा पनि पदाधिकारीमा जान खोजे पनि अन्ततः सहमतिको कारण स्थायी कमिटीमै बस्नु परेको थियो।

आफू पार्टीका हरेक चुनौती र संकटमा अडिग रूपमा उभिएको नेता भएको दाबी गर्दै राईले भने, ‘म पार्टीबाट नबरालिएको मान्छे हो। आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु।’

उनले गाउँबाट सुरु गरेको राजनीतिक यात्राले आफूलाई स्थायी कमिटीसम्म पुर्‍याएको उल्लेख गर्दै प्रमुख दलमा नेतृत्व निर्माण चुनौतीपूर्ण हुने बताए। पार्टीका धेरै नेताले आफूलाई पदाधिकारी दाबी गर्न स्वाभाविक रूपमा हेरेको उनले बताए ।

११ औं महाधिवेशनमा २,२६२ प्रतिनिधि सहभागी हुनेछन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राईले कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले पनि आफूलाई उपमहासचिव र सचिव दुवै पदका लागि योग्य ठानेको बताए ।