काठमाडौं– नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लाष्टिकमुक्त क्षेत्र बनाइएको छ ।


ADVERTISEMENT


पाँच धाम मध्यको एक देवघाट धामलाई देबघाट क्षेत्र बिकास समितिले चितवन नवलपरासी र तनहुका तीनवटा पालिकाहरुको समन्वयमा प्लाष्टिक मुक्त क्षेत्र बनाउन लागिएको हो ।


ADVERTISEMENT

# # #


देवघाट ५ हजार ४ सय ३४ हेक्टर क्षेत्रफलमा रहेको छ । सोही क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्नको सहमति नामक सस्थाले प्राबिधिक सहयोग गरेको देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष डाक्टर ईश्वरी लौडारीले बताइन । उनले पवित्र तीर्थस्थललाई प्रदुषणमुक्त गर्दै नदी हाम्रो सभ्यता हो भन्ने सन्देश दिनेगरी देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको बताइन ।

देशका खोलानदीहरु प्रदुषणको चपेटामा पर्दै गएको अवस्थामा देवघाट धाम पनि आगामी दिनमा प्रदुषण हुनसक्ने देखिएकाले भरतपुर महानगरपालिका, गैडाकोट नगरपालिका र देवघाट गाँउ बिकास समितिको समन्वयमा देवघाटलाई छिट्टै प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने उनले बताइन ।

सहमति सस्थाका अध्यक्ष होमनाथ सुबेदीले सहमतिले नदी सगै हामी अभियान अन्तर्गत नारायणी नदी सरक्षणको काम गर्दै आईरहेको र देवघाट नेपाल कै महत्वपुर्ण तीर्थस्थल भएको कारण प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्न लागिएको बताए ।

देवघाटलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणाको फोहोर संकलन स्थल, सार्वजनिक शौचालय निर्माण, खानेपानी सुविधा लगाएतका पूर्वाधार निर्मणका काम समेत भएको देबघाट क्षेत्र बिकास समितिले जनाएको छ ।