कालिकोट – नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालिकोटले आगामी प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।


ADVERTISEMENT


जिल्ला कार्यसमितिको मंसिर २७ गते बसेको बैठकले सर्वसम्मत निर्णय गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा तथा माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिएको हो।


ADVERTISEMENT

# # #


प्रतिनिधि सभा सदस्यतर्फ हर्ष बहादुर बम, नारायण प्रसाद भट्टराई, दमन राज बम, केशर जंग बम र जीवन सुवेदीको नाम सिफारिस गरिएको छ।

यस्तै समानुपातिक तर्फ काली बहादुर सहकारी, मुक्ति प्रसाद न्यौपाने, भावना कुमारी शाही, छाया सुनार र भरत वि.क. को नाम सिफारिस गरिएको जिल्ला कार्यसमितिले जनाएको छ। त्यसैगरी राष्ट्रिय सभा सदस्यतर्फ विष्णु बहादुर शाही र दान बहादुर बमलाई सिफारिस गरिएको छ।

जिल्ला कार्यसमितिले सिफारिस गरिएका उम्मेदवारहरूको नाम केन्द्रिय कार्यालय, वी.पी. स्मृति भवन सानेपा, ललितपुरमा पठाइएको जानकारी दिएको छ। पार्टीले संगठन सुदृढीकरण र निर्वाचनमा विजय हासिल गर्ने लक्ष्यका साथ योग्य र अनुभवी व्यक्तिहरूलाई सिफारिस गरिएको जनाएको छ।