काठमाडौँ – साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा शनिबार एपीएफ फुटबल क्लब र भारतको इस्ट बंगालबीच प्रतिष्पर्धा हुँदैछ ।


ADVERTISEMENT


खेल काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा शनिबार साँझ ५ बजे सुरु हुने एन्फाले जनाएको छ । फाइनल अघि दुबै टीमले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन तयार रहेको जनाएका छन् ।


ADVERTISEMENT

# # #


फाइनलअघि शुक्रबार दशरथ रंगशाला आयोजित प्रि–म्याच कन्फरेन्समा एपीएफ फुटबल क्लबकी अनिता बस्नेतले फाइनल खेलका लागि टीम तयार रहेको बताइन् । अहिले क्लवका लागि भन्दा पनि देशको प्रतिनिधित्व गर्दै प्रतियोगिता खेलिरहेको भन्दै उनले पहिलो पटक उपाधि कव्जा गर्ने रणनीतिका साथ मैदान उत्रने बताइन् । त्यस्तै एपिएफ फुटबल क्लबका प्रशिक्षक जिवेश पाण्डेले लिग चरणमा टीममा भएका कमी कमजोरीलाई सुधार गर्दैै फाइनल खेल खेल्ने बताए ।

त्यसैगरी भारतको इस्ट बंगालका प्रशिक्षक र कप्तानले उपाधी जित्ने लक्ष्यलाई पूरा गर्नेगरी खेल्ने बताएका थिए । साफ महिला क्लब च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर पाउनेछन् ।