राहुल गुप्ता, काठमाडौं — पूर्व प्रहरी प्रमुख सरबेन्द्र खनालले आफू नेतृत्वमा आए राज्य दोहन गर्नेहरूविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन्। उनले राज्यका स्रोत र साधन दुरुपयोग गर्नेहरूलाई “राम्ररी सफाया गर्ने” बताएका छन्।


ADVERTISEMENT


एक कार्यक्रममा बोल्दै खनालले देशमा व्याप्त भ्रष्टाचार, दण्डहीनता र शक्तिको दुरुपयोगप्रति कडा असन्तुष्टि व्यक्त गरे। “राज्यलाई निजी स्वार्थका लागि प्रयोग गर्नेहरूका कारण देश पछि परेको छ,” उनले भने, “यदि म नेतृत्वमा आएँ भने यस्ता तत्वहरूलाई कानुनी दायराभित्र ल्याएर कडा कारबाही गर्छु।”


ADVERTISEMENT

# # #


उनले सुशासन, पारदर्शिता र जवाफदेहितालाई आफ्नो प्राथमिकता हुने उल्लेख गर्दै कानून सबैका लागि बराबर हुने स्पष्ट पारे। खनालका अनुसार राज्य दोहन गर्नेहरू चाहे जुनसुकै पद वा पहुँचमा किन नहोस्, उनीहरूलाई छुट नदिइनेछ।

खनालको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समेत चर्चा चुलिएको छ। समर्थकहरूले उनको कडा अडानको स्वागत गरेका छन् भने केहीले अभिव्यक्तिको भाषाशैलीप्रति चासो व्यक्त गरेका छन्।