काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनमा सोबिता गौतम उपसभापतिमा निर्वाचित भएकी छन्।


ADVERTISEMENT


शुक्रबार सम्पन्न मतदानको मतगणनाअनुसार गौतमले ७८९ मत प्राप्त गर्दै उपसभापति पदमा विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।


ADVERTISEMENT

# # #


रास्वपाले नयाँ नेतृत्व चयनका लागि पदाधिकारी निर्वाचन सम्पन्न गरेको हो। महाधिवेशनअन्तर्गत विभिन्न पदहरूको मतपरिणाम क्रमशः सार्वजनिक भइरहेका छन्। उपसभापतिमा सोबिता गौतमको जितलाई पार्टीभित्र नयाँ नेतृत्वप्रतिको विश्वासका रूपमा हेरिएको छ।