विष्णुपुर – विष्णुपुर गाउँपालिकामा सबल नेपालद्वारा मातृ तथा नवजात शिशु स्वास्थ्य, अपाङ्गता समावेशी विकास, खानेपानी, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको छ । साथै उपेक्षित उष्णप्रदेशीय रोगहरू सम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत सम्पन्न गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले यस्ता कार्यक्रमबाट स्थानीय नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको बताए । कार्यक्रम मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधार, अपाङ्गता भएका व्यक्तिहरूको समावेशी सहभागिता, सुरक्षित खानेपानी तथा सरसफाइको प्रवर्द्धन र उपेक्षित रोगहरूको रोकथाम तथा सचेतनामा केन्द्रित रहेको जनाइएको छ ।
गाउँपालिकाले यस्ता महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेकोमा सबल नेपालका सम्पूर्ण कर्मचारी तथा संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ । साथै आगामी दिनमा पनि यस्तै प्रभावकारी कार्यक्रमहरू निरन्तर सञ्चालन हुने अपेक्षा व्यक्त गर्दै यसबाट गाउँपालिकाका नागरिकहरूको स्वास्थ्य र जीवनस्तर थप सुधार हुने विश्वास लिइएको छ ।



























































