काठमाडौँ – सूचना, सञ्चार एवं प्रविधिमन्त्री जगदीश खरेलले दलका शीर्ष नेताहरुसंग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


मन्त्री खरेलले शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्माओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसंग उनीहरुकै निवासमा पुगेर छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT

# # #


भेटका क्रममा नेताहरुसंग निर्वाचनका विषयमा छलफ भएको बताइएको छ । भेटमा सभापति देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै रहेको बताएको उनले जानकारी दिए ।

नेपाली कांग्रेसको प्राथमिकता प्रतिनिधि सभा पुनस्र्थापना भन्दा पनि चुनाव नै रहेको तर सरकारले चुनाव हुने वातावरण बनाउनुपर्नेमा सभापति देउवाको जोड रहेको मन्त्री खरेलले बताए । जवाफमा मन्त्री खरेलले सरकारले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन कुनै कसर बाँकी नराख्ने भन्दै दलहरूले पनि निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्ने बताएको जानकारी दिए ।

त्यसैगरी संचारमन्त्री खरेलले आजै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड संग पनि भेट गरेका छन् । भेटमा पार्टीका संयोजक प्रचण्डले निर्वाचनको विकल्प नभएको उल्लेख गर्दे जसरी पनि निर्वाचनमा जानुपर्ने र समयमा नै निर्वाचन हुनुपर्ने आफ्नो पार्टीको स्पष्ट धारणा रहेको बएको मन्त्री खरेलले जानकारी दिए । संयोजक प्रचण्डले निर्वाचनमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको मन्त्री खरेलले बताए ।

सरकारले पछिल्लो समय निर्वाचनको वातावरण बनाउन दलहरुसंगको छलफललाइ तीव्र बनाएको छ । शनिवार प्रधानमन्त्री सुशीला कार्कीले तीन शिर्ष नेता कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डसंग भेटने कार्यक्रम तय गरेको छ ।