काठमाडौँ – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशन सुनिश्चित गर्न माग गर्दै स्मरणपत्र बुझाएको छ ।


ADVERTISEMENT


शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन अभियानका नेतृत्वकर्ता मध्येका नेता देवराज चालिसेको अगुवाइमा स्मरणपत्र बुझाइएको हो । विशेष महाधिवेशन प्रस्ताव दर्ता भएको मितिले तीन महिनाभित्र गर्नैपर्ने बाध्यता रहेको पक्षधरले स्मरणपत्रमा उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


उक्त अवधिमा नियमित नभए विशेष महाधिवेशन गर्नैपर्नेमा उनिहरुले जोड दिएका छन । स्मरणपत्र बुझदै महामन्त्री गगन कुमार थापाले जारी कार्यसम्पादन समितिको बैठकमा यो विषयलाई जानकारी गराउने बताए । उनले विधान नमान्ने सुविधा कसैलाई नरहेको बताउदै विधानको व्यवस्थाबमोजिम विशेष महाधिवेशनमा जानुपर्ने अवस्था आएको प्रतिक्रिया दिए ।

महामन्त्री थापाले महाधिवेशन पुष मसान्त भित्र अनिवार्य रुपमा गर्नूपर्ने कुरा अब कांग्रेसको केन्द्रीयकार्य समितिको अनिवार्य जिम्मेवारी भएको समेत उल्लेख गरे ।

त्यसतै महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधान अनुसार चल्नुपर्ने बताए । उनले विधानमा भएको व्यवस्थालाइ पालना गर्ने सबैको कर्तव्य अनुसार सबै चल्नुपर्ने भएकाले केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट उपयुक्त निर्णय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

१४ औं महाधिवेशनका ५४ दशलवम ५८ प्रतिशत हस्ताक्षर सहित २९ असोजमा निवेदन पेश गरिएको थियो । महाधिवेशन र समानुपातिकको बन्दसुचीको विषयमा छलफल गर्न बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठक जारी छ ।