एजेन्सी–भारतको महाराष्ट्रको औरंगावाद जिल्लामा ८ लाख ६४ हजार भारतीय रुपैयाँको बिजुलीको बिल देखेर एक तरकारी बेच्नेले आत्महत्या गरेका छन् । ३६ वर्षीय जगन्नाथको परिवारले बीबीसीलाई बताए अनुसार उनले सुसाइड नोटमा बिजुलीको बिलको कुरा गरेका छन् ।


ADVERTISEMENT


विद्युत प्राधिकरणका अधिकारीका अनुसार जगन्नाथ शेलकेको वास्तविक बील दुई हजार ८ सय भारु थियो । परिवारका सदस्य अनुसार जब शेलकेले आफ्नो बिलको विषयमा अफिसमा सम्पर्क गरे तब उनलाई कसैले पनि वास्तविकता बताएनन् ।


ADVERTISEMENT

# # #


आत्महत्या गर्नुअघि शेलकेले बिजुली प्राधिकरणमा निकै धाएको परिवारका सदस्यले जानकारी दिएको छ ।

बिजुलीको बिलः

पुलिसले गलत बिल पठाएको आरोपमा एक अधिकारीमाथि मुद्दा दर्ता गरेको छ । शेलकेको सुसाइड नोट सोसल मिडियामा भाइरल भएपछि बिजुली बोर्डले सम्बन्धित अधिकारीलाई निलम्बित पनि गरिसकेको जानकारी दिएको छ ।

शेलकोलाई ६ हजार १ सय १७ दशमलव ८ युनिटको बिल पठाउनु पर्नेमा ६१ हजार १ सय ७८ युनिटका लागि बिजुलीको बिल पठाइएको थियो । मिटर रिड गर्ने व्यक्तिले मिटर गलत पढेका थिए त्यसै आधारमा बिल पठाइएको थियो ।

बिजुली विभागका वरिष्ठ इन्जिनियर सुरेश गणेशकरले बीबीसीलाई भने, ‘दशमलब गायब भएका कारण गल्तीपूर्वक बिल पठाइएको थियो । हामीले जिम्मेवार कर्मचारीविरुद्ध कारवाही गरेका छौं ।’ गणेशकरले शेलकेले विभागलाई आफ्नो समस्या लिखित रुपमा नदिएकाले उनको समस्या हल गर्न नसकेको जानकारी दिए ।

शेलकेलाई मार्च महिनाका लागि अप्रिलको अन्त्यमा बिजुलीको बिल पठाइएको थियो । उनका भाइ विट्ठ शेलकेले भने, ‘आठ दिन अघि दाइले मलाई फोन गरेका थिए । उनी बिजुलीको बिलका कारण तनावमा थिए । बिल नतिरे अधिकारीले सम्पत्ती जफत गर्ने धम्की दिएको उनले बताएका थिए ।’

मृतककी छोरी अश्विनीले भनिन्, ‘मेरो बुवा आर्थिक समस्याको सामना गरिरहेका थिए । यति ठूलो रकमको बिजुलीको बिल उनका लागि कुनै धक्का जस्तो थियो ।’