काठमाडौँ – नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नं–२ बाट मिलन गुरुङ ९चक्रे मिलन० उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।


ADVERTISEMENT


आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका गुरुङलाई एमालेले अब संघीय संसदमा लैजाने गरी प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस गरेको हो । उनी २०५० को दशकदेखि नै एमालेमा अप्रत्यक्ष रुपमा सक्रिय रहँदै आएका छन् । ज्यान मार्ने उद्योग लगायतका विभिन्न आरोपमा पटक–पटक जेल बसेका गुरुङ विवाद नै विवादले घेरिएका पात्र हुन् ।


ADVERTISEMENT

# # #


यसअघि एमालेले मनाङबाट प्रदेशसभा सदस्यका लागि अर्का गुण्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङेलाई उम्मेदवार बनाउँदै जिताएको थियो ।