काठमाडौं– कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला ४ हजार ६०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा किनबेच भइरहेको छ । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।



























































