काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिरको दर्शन गरेका छन्।


ADVERTISEMENT


पूर्वी पहाडी जिल्लाहरूमा चुनावी प्रचार अभियानमा रहेका शाहले श्रीपञ्चमीको अवसरमा शुक्रबार बिहान पाथीभरा माताको पूजा–आराधना गरेका हुन्। उनी हाल चुनाव प्रचारकै सिलसिलामा पूर्वी नेपालका विभिन्न जिल्लाको भ्रमणमा रहेका छन्।


ADVERTISEMENT

# # #


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाह झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका छन्। चुनावी अभियानका क्रममा ताप्लेजुङ पुगेका उनले पाथीभरा मन्दिरमा दर्शन गरी पूजा गरेका हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाह झापा ५ बाट प्रतिस्पर्धा गरिरहेका छन्