काठमाडौं – आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठक सुरु भएको छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी बैठकमा प्रदेशस्तरीय रणनीति र निर्वाचन तयारीका विषयमा छलफल भइरहेको छ ।


ADVERTISEMENT


बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँसहित प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको छ ।


ADVERTISEMENT

# # #


प्रदेश कार्यसमितिको बैठकले मुख्यतः निर्वाचन परिचालन, व्यवस्थापन र संगठन सुदृढीकरणसम्बन्धी प्रस्तावहरूमा छलफल गरी निर्णय गर्ने जनाएको छ । विशेषगरी आगामी निर्वाचनलाई ध्यानमा राख्दै युवा तथा स्वयंसेवक परिचालनलाई प्राथमिकतामा राखेर कांग्रेसले आफ्नो चुनावी अभियानलाई तल्लो तहसम्म विस्तार गर्ने रणनीति बनाएको बताइएको छ ।

बैठकबाट आगामी दिनमा सञ्चालन गरिने चुनावी कार्यक्रम र अभियानबारे ठोस निर्णय आउने अपेक्षा गरिएको छ ।