काठमाडौं –काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार आगलागीको कारण हालसम्म खुल्न सकेको छैन । आगलागीबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ ।
दरबारमार्गमै सञ्चालनमा रहेको ब्ल्याक हाउस डान्स क्लबमा आगलागी भएको र नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको बारुण यन्त्र कार्यालयबाट चारवटा दमकल घटनास्थलमा परिचालन गरिएको छ ।
प्रारम्भिक अनुमानअनुसार क्लबको भान्छाबाट आगो सुरु भएको हुन सक्ने बताइएको छ । आगलागी नियन्त्रणमा आएपछि क्षतिको विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।



























































