काठमाडौं – आज एकैदिन सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो। आजको मूल्य वृद्धिसँगै १० ग्राम सुनको मूल्य २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ।


ADVERTISEMENT

# # #


त्यसैगरी, आज चाँदीको भाउ पनि बढेर तोलामा ७ हजार ५०५ रुपैयाँ र १० ग्रामको ६ हजार ४३४ रुपैयाँ कायम भएको संघले जनाएको छ। आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।