काठमाडौं –नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार १ तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँका कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य ७ हजार ६५ कायम भएको छ । बिहीबार चाँदी ७ हजार ५०५ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



























































