काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले फाल्गुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएको छ ।


ADVERTISEMENT


प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले निर्वाचन आयोगको कार्यतालिका अनुसार चूनावी प्रचार प्रसार सुरु हुनु अघि फाल्गुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएको हो । घोषणापत्रका बिषयमा पार्टीहरुले बिज्ञहरुसंग छलफल समेत गरिसकेको उहाले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै महासचिव पोखरेलले अहिले पुरानो पुस्ता विरुद्ध नयाँ पुस्ता भन्दै मनोवैज्ञानिक खाडल सिर्जना गर्ने कोसिस भइरहेको भन्दै परम्पराविपरीतका त्यस्ता कुराहरुबाट जोगिने र समाजलाई नै बिभाजन गर्ने कोसिस रोक्ने प्रयास एमालेले गर्ने धारणा राखे ।

उनले राजनीतिक दलहरूका बीचमा नीतिगत संवाद पनि आवश्यक नठान्ने तर आफूलाई नयाँ वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्ने कुरा उपयुक्त नभएको उल्लेख गरे । कसैले विकल्प दिन चाहन्छ भने नीतिगत बहसमा जान सक्नुपर्ने उनको भनाइ छ ।

त्यसैगरि पोखरेलले एमाले राष्ट्रिय रुपमा तालमेलको पक्षमा नरहेको भन्दै स्थानीय तहका खास कुनै ठाँउमा स्थानीय कमिटीले आवश्यक ठानेको अवस्थामा तालमेल हुनसक्ने बताए ।

उनले अहिले बालेनको पछि देखिएको भीडका आधारमा चूनावी विश्लेषण गर्न उचित नहुने तर्क गरे । अब झापामा दोस्रो पटक बालेन जाँदाखेरि त्यही भीड देखिन्छ कि देखिँदैन भन्ने अनुमान गर्न सुझाव समेत दिए । पोखरेलले अहिले शहरी क्षेत्रमा रास्वपा प्रतिस्पर्धामा नै नरहेको विश्लेषण आइरहेको र ग्रामीण क्षेत्रमा देखिएको प्रभाव समेत चुनाव जित्ने तहसम्मको नभएको दावी गरे ।