काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कर्णाली यात्रामा निस्किएका छन् । सुदूरपश्चिमका नौँ जिल्ला पुगेर पार्टी कार्यालयमा घण्टी बजाएका बालेन शुक्रबार कर्णालीका जिल्लामा प्रवेश गरेका छन् ।
उनी कालीकोट हुँदै कर्णाली प्रवेश गरेका हुन् । बालेन जुम्लासम्म पुग्ने बताइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवार तथा रास्वपाबाट प्रधानमन्त्री उम्मेदवार समेत बनेका बालेन हाल देश दौडाहामा रहेका छन् । यसअघि माघ ५ गते मधेश प्रदेशको राजधानी जनकपुरमा आमसभा गरी निर्वाचन प्रचारको यात्रा सुरु गरेका उनी त्यसको भोलिपल्टै झापा–५ पुगेर उम्मेदवारी दर्ता गरेका थिए ।
त्यसपछि उनी कोशी प्रदेशका पहाडी जिल्लाहरुको भ्रमण गरी काठमाडौँ फर्किका थिए । त्यसपछि केही दिनमै उनी नेपालगञ्ज एयरपोर्ट हुँदै बाँके र बर्दिया तथा सुदूरपश्चिमका ९ जिल्लामा पुगेका थिए ।



























































